जय महाराष्ट्र अभियान निष्पक्ष, वस्तुपरक र निष्ठापूर्ण पत्रकारितामा समर्पित संस्था हो। मुनाफा वितरण नगर्ने कम्पनीका रुपमा दर्ता भएको जय महाराष्ट्र अभियान जय महाराष्ट्र डटकम नामको अनलाइन सञ्चारमाध्यम (न्यूजपोर्टल) सञ्चालन गर्ने स्थितिमा आइपुगेको छ।
स्थापना हुँदा नै जय महाराष्ट्र अभियानले स्वच्छता, निष्पक्षता, वस्तुपरकता र निष्ठालाई आफ्नो मूल मन्त्र बनाएको छ। र, सञ्चारमाध्यम सञ्चालनका लागि निशर्त स्रोतहरू जस्तै, नागरिकसँगको हातेमालोमार्फत् जुट्ने ‘सामूहिक वित्तीय परिचालन’ (क्राउड फण्डिङ) मा निर्भर रहने सङ्कल्प गरेको छ।
बृहत्तर सार्वजनिक हितका लागि उच्च नैतिकताको धरातलमा उभिएर निरन्तर तथ्यको खोजी र सञ्चार गर्ने, पारदर्शी र उत्तरदायी शासनका लागि पहरेदारी गर्ने, लोकतान्त्रिक बहसको मञ्च बन्ने अनि आफ्ना सामग्रीमार्फत् समाजको बहुलतालाई प्रतिबिम्बित गर्ने जय महाराष्ट्र डटकमको मिशन हो। हामी यो मिशनमा निरन्तर लागिरहने छौँ।
जिम्मेवार पत्रकारिताले सदैव मुलुक र नागरिकको पक्ष लिन्छ। हामी त्यसमा अडिग छौँ, अडिग रहनेछौँ। निडर, निष्पक्ष तथा नैतिकवान पत्रकारिता गरेर हाम्रा पाठक, दर्शक र स्रोताको मन जित्ने, पाठक, दर्शक र स्रोताकै सहयोगमा दिगो सञ्चारमाध्यम बन्ने जय महाराष्ट्र को प्रयास रहनेछ। यो प्रयासमा हाम्रा पाठक, दर्शक तथा स्रोताबाट निरन्तर साथ पाइरहनेछौं भन्नेमा हामी विश्वस्त छौँ।
जय महाराष्ट्र अभियानसँग जोडिएका पत्रकारहरू नेपाली सञ्चारजगतको नियमनकारी निकाय प्रेस काउन्सिलबाट जारी भएको पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्ध छन्। त्यसबाहेक जय महाराष्ट्र अभियान आफैले निर्माण गरेको आचारसंहिताले हामीलाई जिम्मेवार सञ्चारमाध्यम र सञ्चारकर्मीका रुपमा स्वनियमन गर्न थप भूमिका खेल्नेछ।
जय महाराष्ट्र एउटा अभियान हो र यो अभियानमा धेरैको हातेमालो आवश्यक छ। यो अभियानलाई निष्ठापूर्वक मुलुक र नागरिकको हितमा समर्पित गर्ने कार्यमा हामीलाई मार्गनिर्देश गर्न समाजका केही अग्रजमध्येबाट संरक्षक समूह गठन गर्ने प्रक्रिया पनि शुरू भइसकेको जानकारी गराउन चाहन्छौँ।
देशले लोकतान्त्रिक पद्दति अङ्गालेको छ र त्यसका लागि ठूलो संघर्ष गरेको छ। र, पनि लोकतान्त्रिक पद्दतिको लाभ सबैमा समान रूपमा पुग्नसकेको छैन। यो पद्दतिभित्र कैयौँ विसंगति देखापरेका छन्, चुनौतीहरू आइलागेका छन्, जसका कारण समग्रमा नागरिकले लोकतन्त्रको न्यायोचित प्रतिफल प्राप्त गर्न सकेका छैनन्। त्यसकारण हाम्रो उद्देश्य जुझारू सञ्चारमाध्यममार्फत् लोकतन्त्रलाई सुदृढ बनाउने, लोकतन्त्रको प्रतिफल सबै नागरिकमाझ पुर्याउन सहयोग गर्ने हुनेछ ।
गैरनाफामूलक सञ्चारमाध्यम भएकाले हामीले गर्ने सम्पूर्ण खर्चको व्यवस्था र स्रोत हाम्रा पाठक, दर्शक र स्रोताको सहयोगमा निर्भर रहनेछ। हामी निडर, निष्पक्ष र स्वतन्त्र सञ्चारमाध्यमको चरित्र कायम राखेर हाम्रा पाठक, दर्शक र स्रोताले स्वेच्छाले दिने निशर्त सहयोगबाटै आफ्ना सबै गतिविधि सञ्चालन गर्नेछौँ।
यो अभियानलाई जीवन्त राख्न हामीलाई निरन्तर तपाईंको साथ, सहयोग र खबरदारी आवश्यक छ।